Section 14
नेपाल सरकार वा प्रदेश सरकारले वातावरणीय अध्ययन गर्न सक्ने
(१) नेपाल सरकार वा प्रदेश सरकार आफैँले कुनै क्षेत्र वा स्थानको नक्साङ्कन गरी सो क्षेत्रको वातावरणीय अध्ययन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको अध्ययनबाट प्राप्त विवरणको आधारमा सम्बन्धित निकायले त्यस्तो क्षेत्रमा भविष्यमा सञ्चालन गर्न सकिने विकास निर्माणका कार्य वा आयोजना तथा त्यस्तो क्षेत्रमा सञ्चालन गर्न उपयुक्त नहुने कार्य सम्बन्धी विवरण तयार गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको अध्ययनबाट प्राप्त विवरण तथा उपदफा (२) बमोजिमको विवरणको सम्बन्धित निकायले अभिलेख राम्नु पर्नेछ।
(४) यस दफा बमोजिमको विवरण सम्बन्धित निकायले सार्वजनिक गर्नु पर्नेछ र कुनै पनि प्रस्ताव पेश वा कार्यान्वयन गर्दा सम्बन्धित प्रस्तावक, निकाय तथा सरोकारवाला पक्षले सो अनुरुप कार्य गर्नु पर्नेछ।